
- संक्षिप्त अन्तरिम विधान – २०२४ अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका (Federation of International Journalist, America) को संक्षिप्त अन्तरिम विधान – २०२४
१- संस्थाको नाम : अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिका हुने छ । यसलाई अङ्ग्रेजीमा Federation of International Journalist, America भनिने छ र छोटकरीमा FIJA भनिने छ ।
२- संस्थाको उद्देश्य : अमेरिका र संसार भर छरिएर रहेका जुन सुकै देशका पेसागत पत्रकारहरू लाई समेट्ने, स्वतन्त्र र निष्पक्ष ढङ्गले पत्रकारिता गरिरहेका पत्रकारहरूलाई सङ्गठित गर्ने, पत्रकारिताको मर्म र धर्म अनुसार कामहरू गर्ने, गराउने, पत्रकारहरूको हक हित र संरक्षणका लागि आवाज उठाउने संस्थाको मूल उद्देश्य हुने छ ।
३- संस्थाको प्रधान कार्यालय भर्जिनिया, अमेरिकामा रहने छ र ठेगाना यस प्रकार हुने छ: 1945 Melvor Ln, Winchester, Virginia, 22601, USA. संस्थाको आफ्नै लोगो, वेब्साइट हुने छ ।
४- संस्थाको संस्थापक अध्यक्ष रामप्रसाद खनाल रहनुहुने छ । कार्यकाल समाप्ति पछि संस्थापक अध्यक्ष नै संस्थाको स्थायी प्रमुख संरक्षक रहने छ । पहिलो कार्य समिति सहमतिमा निर्माण गरिने छ र कार्यकाल २ वर्षको हुने छ ।
५- संस्थाले अमेरिकी नियम कानुन अनुसार भर्जिनिया राज्य र IRS मा दर्ता भई अमेरिका भर र संसारका अन्य देशमा पनि देश स्तरीय शाखा खोली काम गर्न सक्ने छ । संस्था नाफा नकमाउने संस्था अर्थात 501C अन्तरगत सँचालन हुने छ । एउटा देशमा एउटा मात्र देश स्तरिय शाखा खोलिने छ ।
६- यो संस्था गैह्र सरकारी र नाफा नकमाउने अन्तर्राष्ट्रिय संस्थाको रूपमा स्थापित र काम गर्ने संस्था हुने छ ।
७- संस्थामा १ अध्यक्ष, ७ उपाध्यक्ष, १ महासचिव, १ सचिव, १ कोशाध्यक्ष र १४ जना सम्म बोर्ड अफ डाइरेक्टर रहन सक्नेछन । हरेक महादेशबाट एक एक जना बोर्ड अफ डाइरेक्टरहरू छानिने छन । कार्य समिति बढीमा २५ जना सम्मको हुने छ । कार्य समितिले आवश्यकता अनुसार सल्लाहकार बोर्डमा सल्लाहकार मनोनयन गर्न सक्ने छ । पहिलो कार्य समिति गठन गर्दा सबै महादेशबाट प्रतिनिधित्व गराउन नसकिए अर्को नयाँ कार्यसमिति निर्वाचित हुँदा सबै समेटिनेछन ।
८- हरेक दुई वर्षमा निर्वाचन वा सहमतिमा कार्य समिति चयन हुने छ । दुई दुई वर्षमा हुने साधारण सभा र निर्वाचनबाट कार्य समिति चयन हुने छ । सहमति कायम नभएमा निर्वाचनका माध्यम बाट कार्यसमिति छायान हुने छ ।
९- कार्य समितिको अध्यक्षको कार्यकाल अन्तर्राष्ट्रिय समिति होस वा देश स्तरीय शाखा एक कार्यकाल मात्र हुने छ ।
१०- संस्थाको सञ्चालन कार्य समितिको निर्णय अनुसार हुने छ ।
११- संस्थामा आजीवन सदस्यता मात्र स्वीकार हुने छ । आजीवन सदस्यता शुल्क १०० डलर मात्र हुने छ ।
१२- संस्था सञ्चालनका लागि आवश्यक आर्थिक श्रोत देखी आवश्यक सम्पूर्ण कुराहरू कार्य समितिले निर्णय गरे अनुसार हुने छ ।
१३- कार्य समितिको बैठक बसेका बेला कार्य समिति र नबसेका बेला पछि कार्य समितिको बैठकले पास गर्ने गराउने गरी अध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षको बैठकले गर्ने निर्णय महासङ्घको निर्णय हुने छ । भइपरी आउने इमर्जेन्सी इस्युमा अध्यक्षले निर्णय लिन सक्ने छन तर त्यस्ता निर्णय पछि कार्यसमितिमा लगी पास गर्नुपर्ने छ ।
१४- कार्य समिति मातहतमा विभिन्न उप समिति निर्माण गर्न सकिने छ ।
१५- यो प्रारम्भिक विधान हुने छ र पछि साधारण सभाबाट पूर्ण विधान बनाइने छ ।
१६- यस संक्षिप्त अन्तरिम विधान – २०२४ मा उल्लेख नभएका तर भइपरी आउने हरेक इश्युहरु कार्य समितिले निर्णय गरे अनुसार हुने छ ।