साउदी अरेबियामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ (Federation of International Journalist America – FIJA) को शाखा गठन, केन्द्रबाट औपचारिक अनुमोदन
रियाद, अगस्त २०, २०२५ / अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका ( FIJA) को केन्द्रीय कार्यालयसँग परामर्श र सहमति लिएर साउदी अरेबियामा कार्यरत पत्रकारहरूको भेलाबाट गठन गरिएको नयाँ शाखा कार्यसमितिलाई औपचारिक केन्द्र बाट अनुमोदन गरिएको छ।
संस्थाको विधान, नीति–नियम तथा निर्देशनलाई पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता जाहेर गर्दै गठन गरिएको यस शाखाले साउदी अरेबियामा रहेका पत्रकारहरूको प्रतिनिधित्व गर्दै पत्रकारिता, पत्रकार र मिडियाहरुसंग सम्बन्धी गतिविधि सञ्चालन गर्नेछ। FIJA को केन्द्रको निर्णय अनुसार, नयाँ कार्यसमितिले पत्रकारिताको धर्म, मर्म र महासंघका उद्देश्य तथा लक्ष्य अनुरूप काम गर्ने विश्वास व्यक्त गरिएको छ।
पत्रकारहरूको भेलाले सर्वसम्मतिले चयन गरेको साउदी अरेबिया शाखाको पदाधिकारीहरू यस प्रकार रहेका छन्:
FIJA का अध्यक्ष राम प्रसाद खनाल र महासचिव टंक दाहालले साउदी अरेबिया शाखा अध्यक्ष बिष्णु घिमिरेसहित सम्पूर्ण पदाधिकारी तथा बोर्ड अफ डिरेक्टर सदस्यलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्। उनीहरूले शाखाले पत्रकारहरूको हकहित संरक्षण, पत्रकारिता गतिविधिलाई सशक्त बनाउन र अन्तर्राष्ट्रिय पत्रकार महासंघको लक्ष्य–उद्देश्यलाई अझ प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरेका छन्।


