प्रेस बिज्ञप्ति :
अभिव्यक्ति र संचारको हक संबिधान मै मौलिक हकको रुपमा रखिएको छ। सार्वजनिक पद धारण गरेका मानिसहरु को बारेमा सभ्य तरिकाले प्रश्न उठाउन पाउने कुरा यही हक अन्तर्गत पर्छ। सामाजिक संजालमा यसरी प्रश्न उठाएकै र लेखेकै भरमा गिरफ्तारी गर्नु यो अधिकारको गम्भीर उल्लङ्घन हो र लोकतान्त्रिक मूल्य मान्यताको खिलाफ पनि हो।
राष्ट्रिय समाचार अनलाइनका प्रकाशक एवं सम्पादक पत्रकार सुजित केसीलाई फेसबुकमा पोस्ट गरेको र सम्भावित भ्रस्टाचार बारे प्रश्न उठाएकै भरमा प्रहरीले “साइबर अपराध” को आधार देखाउदै गिरफ्तार गरेको घटना प्रति अन्तरास्ट्रिय पत्रकार महासंघ, अमेरिका (FIJA) को गम्भीर ध्यानाकर्षण भएको छ। पत्रकार केसीको अविलम्ब रिहाइको माग सहित आउने दिनहरु मा यस्ता घटना दोहोरिन नदिन सम्बन्धित पक्षको गम्भीर ध्यानाकर्षण गराउन चाहान्छौँ।