गठन भयो अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको नेपाल शाखा

fija_PressRelease

fija_PressRelease

FIJA Press Release
गठन भयो अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाको नेपाल शाखा महिला पत्रकारकै नेतृत्वमा बन्यो १९ सदस्यिय कार्य समिति
पत्रकारहरूको काठमाडौँमा सम्पन्न एक भेलाले पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (Federation of International Journalist, america) अमेरिकाको नेपाल शाखा गठन गरेको छ । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाका अध्यक्ष रामप्रसाद खनालकै आतिथ्यमा, नेपालमा उपलब्ध केन्द्रीय उपाध्यक्षहरू जीवराम भण्डारी, टङ्क पन्त, केदार कोइराला, बोर्ड अफ डाइरेक्टरहरू युवराज भण्डारी विद्रोही, कृष्णा पौडेलको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल शाखाको गठन गरेको हो । भेलामा बोल्दै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीति भन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारहरूको नेटवर्कको रूपमा काम गर्न अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ गठन गरिएको जानकारी गराउनु भयो । यो संस्थाले पत्रकार र पत्रकारिता जगतका लागि काम गर्ने र संसार भर यसका देश स्तरीय शाखा गठन गर्दै र काम गर्दै जाने उनले बताए । अमेरिकामा गठन भएको अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको पहिलो शाखा को रूपमा नेपाल शाखा गठन गरिएको अध्यक्ष खनालले बताए । भेलाले नेपाली पत्रकारिता का क्षेत्रमा अत्यन्त क्रियाशील महिला पत्रकार, न्युज एजेन्सी नेपालका प्रधान सम्पादक एवम् रेडियो कान्तिपुरका पूर्व सह सम्पादक कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा पत्रकारहरू क्रमशः रुपा घिमिरे, वैकुण्ठ भण्डारी र शिव दाहाल रहेका छन् भने सचिव सोबिता रिसाल र कोषाध्यक्ष पवन पौडेल रहेका छन् । त्यस्तै नेपाल शाखाको बोर्ड अफ डाइरेक्टरमा पत्रकारहरू शोभा अर्याल, आलोक तिवारी, राज ढुङ्गाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, विमल योगी, हुमनाथ पौडेल, टङ्ककला तिमिल्सिना, राजीव भट्टराई र यूवगाह मगर रहेको केन्द्रीय उपाध्यक्ष टङ्क पन्तले घोषणा गरे । त्यस्तै अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ, नेपाल शाखाको सल्लाहकारमा टङ्क पन्त, जीवराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज र कानुनी सल्लाहकारमा गणेश घिमिरे ‘सुजन’ रहेको जानकारी गराइयो । नेपाल शाखा गठन पछि नव निर्वाचित अध्यक्ष कृष्णा पौडेलले आफूलाई पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता सङ्गठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासङ्घ (Federation of International Journalist, america) अमेरिकाले विश्वास गरेर दिएको जिम्मेवारी पुरा गर्न आफू र आफ्नो टिम लाग्ने बताइन । केन्द्रीय उपाध्यक्षहरू टङ्क पन्त, जीवराम भण्डारी, केदार कोइरालाले नव निर्वाचित नेपाल शाखा टिमलाई बधाई र शुभकामना व्यक्त गरे । नेपाल पत्रकार मञ्चका संस्थापक अध्यक्ष समेत रहेका नेपाल पत्रकार महासङ्घ काठमाडौँ का पूर्व सभापति युवराज विद्रोही ले पनि संस्थाको औचित्य माथि प्रकाश पारे । अन्तर्राष्ट्रिय पत्रकार महासङ्घको पहिलो शाखा को रूपमा स्थापित नेपाल शाखाले छिट्टै पत्रकारिता सँग सम्बन्धित एउटा विशेष कार्यक्रम गर्ने योजना बनाएको नव निर्वाचित अध्यक्ष कृष्णा पौडेलले बताइन ।