‘नेपाललाई अहिले अमेरिकाको मित्रता, करुणा, अझ ठूलो मानवीय सहयोग आवश्यक छ’ – अध्यक्ष रामप्रसाद खनाल
वाशिङ्टन डी.सी., अमेरिका | सेप्टेम्बर १, २०२६ / नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्पछि उत्पन्न गम्भीर मानवीय संकटलाई सम्बोधन गर्न अमेरिकाले प्रदान गर्दै आएको सहयोग अझ विस्तार गर्नुपर्ने माग गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (Federation of International Journalist, America–FIJA) समस्त परिवारको तर्फबाट अध्यक्ष रामप्रसाद खनालले अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पसमक्ष विशेष तथा अत्यावश्यक मानवीय अपिल गरेका छन्।
वाशिङ्टन डी.सी.बाट मंगलबार राष्ट्रपति ट्रम्पलाई सम्बोधन गरी पठाइएको विस्तृत अपिलपत्रमा नेपाल र नेपाली जनताले विपद्को कठिन घडीमा अमेरिकी सरकार र जनताबाट प्राप्त सहयोग, मित्रता र समर्थनप्रति गहिरो कृतज्ञता व्यक्त गरेका छन्।
अपिलमा भनिएको छ, “धन्यवाद, राष्ट्रपति महोदय। धन्यवाद, अमेरिका।”
तर हाल नेपालले सामना गरिरहेको विपद्को आकार र मानवीय क्षति अत्यन्त ठूलो भएकाले उपलब्ध सहयोग मात्र पर्याप्त नभएको उल्लेख गर्दै अमेरिकाबाट अझ व्यापक, प्रभावकारी र तत्काल मानवीय सहायता आवश्यक रहेको बताइएको छ।
अपिलपत्रमा उपलब्ध विवरणअनुसार नेपालमा आएको विनाशकारी बाढी तथा प्राकृतिक प्रकोपका कारण एक हजारभन्दा बढी व्यक्तिले ज्यान गुमाएको, हजारौँ मानिस अझै बेपत्ता रहेको तथा असंख्य परिवार आफ्ना प्रियजनको खोजीमा रहेको उल्लेख गरिएको छ।
विपद्मा नेपाली नागरिक मात्र नभई अमेरिकी नागरिक, पत्रकारहरु र मिडियाहरु सहित विभिन्न देशका विदेशी नागरिकसमेत प्रभावित भएको उल्लेख गर्दै बेपत्ता व्यक्तिको खोजी, उद्धार, पहिचान तथा पीडित परिवारलाई सहयोग गर्न अन्तर्राष्ट्रिय सहकार्य अत्यन्त जरुरी रहेको जनाइएको छ।
बाढीले कतिपय बस्ती पूर्ण रूपमा बगाएको वा गम्भीर क्षति पुर्याएको, हजारौँ मानिस घरबारविहीन बनेको र धेरै परिवारले आफ्नो सम्पत्ति, रोजगारी तथा जीविकोपार्जनका आधार गुमाएको अपिलमा उल्लेख छ।
त्यस्तै सडक, पुल, सञ्चार प्रणाली तथा अन्य अत्यावश्यक भौतिक पूर्वाधार बगाएको वा गम्भीर रूपमा क्षतिग्रस्त बनाएको भन्दै कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमका बीच खोज, उद्धार, राहत, स्वास्थ्य उपचार र पुनःस्थापनाका काम जारी रहेको जनाइएको छ।
अध्यक्ष खनालले राष्ट्रपति ट्रम्पलाई सम्बोधन गर्दै नेपाललाई अहिले अझ सशक्त अन्तर्राष्ट्रिय मानवीय सहयोग आवश्यक रहेको र अमेरिकी नेतृत्वले मानव जीवन बचाउने कार्यमा तत्काल तथा महत्वपूर्ण प्रभाव पार्न सक्ने बताएका छन्।
अपिलमा राष्ट्रपति ट्रम्प र उनको प्रशासनलाई नेपालका लागि अमेरिकी मानवीय सहायता उल्लेख्य रूपमा विस्तार गर्न आग्रह गरिएको छ।
विशेषगरी खोज तथा उद्धार अभियानका लागि दक्ष जनशक्ति र विशेष उपकरण, आकस्मिक स्वास्थ्यकर्मी, औषधि तथा फिल्ड मेडिकल सहायता, खाद्यान्न, सुरक्षित पिउने पानी, सरसफाइ सामग्री र आपत्कालीन राहत सामग्री उपलब्ध गराउन अनुरोध गरिएको छ।
त्यस्तै विस्थापित परिवारका लागि अस्थायी आवास, दुर्गम तथा सडक सम्पर्कविहीन क्षेत्रमा पुग्न हेलिकप्टर, यातायात र लजिस्टिक सहायता, आपत्कालीन सञ्चार उपकरण, विपद् व्यवस्थापन तथा पुनःस्थापनाका लागि प्राविधिक विशेषज्ञता, मृतकको पहिचान तथा बेपत्ता व्यक्तिको खोजीमा सहयोग, क्षतिग्रस्त समुदाय र अत्यावश्यक पूर्वाधारको पुनःस्थापना तथा दीर्घकालीन पुनर्निर्माण र विपद् प्रतिरोधी संरचना निर्माणका लागि अमेरिकी सहयोग माग गरिएको छ।
राष्ट्रपति ट्रम्पलाई मात्र नभई अमेरिकी प्रतिनिधिसभाका सभामुख, सम्पूर्ण सांसद, सिनेटका बहुमत तथा अल्पमत नेतृत्व, सम्पूर्ण सिनेटर तथा रिपब्लिकन र डेमोक्रेटिक पार्टीको संसदीय नेतृत्वलाई समेत नेपालको मानवीय संकटलाई उच्च प्राथमिकताका साथ लिन आग्रह गरिएको छ।
अमेरिकी कंग्रेसले नेपालको वर्तमान विपद्लाई गम्भीर मानवीय संकटका रूपमा विचार गरी थप सहायता उपलब्ध गराउने वातावरण बनाउनुपर्ने अपिलमा उल्लेख छ।
नेपाल र अमेरिकाबीच दशकौँदेखि कूटनीतिक सम्बन्ध, विकास सहकार्य, लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान र जनस्तरको सम्बन्धमा आधारित गहिरो मित्रता रहेको स्मरण गराउँदै नेपालीका विभिन्न पुस्ताले अमेरिकालाई महत्वपूर्ण मित्र र साझेदार राष्ट्रका रूपमा हेर्दै आएको उल्लेख गरिएको छ।
अपिलले नेपालको वर्तमान संकटलाई राजनीति, राजनीतिक दल, सरकार वा राष्ट्रिय सीमाभन्दा माथिको विशुद्ध मानवीय विषयका रूपमा चित्रण गरेको छ।
“यो मानव जीवन बचाउने विषय हो,” अपिलमा भनिएको छ।
बेपत्ता सन्तान खोजिरहेका आमाबुबा, हराएका आमाबुबाको प्रतीक्षामा रहेका बालबालिका तथा दाजुभाइ, दिदीबहिनी, आफन्त र मित्रको खोजी गरिरहेका परिवारको पीडालाई स्मरण गर्दै अन्तर्राष्ट्रिय समुदायलाई नेपालसँग उभिन आग्रह गरिएको छ।
केही क्षणमै घर, सम्पत्ति र जीवनभरको कमाइ गुमाएका बाढीपीडित तथा लगभग सबै कुरा गुमाइसकेका नागरिकलाई पुनः आशा दिन विश्व समुदाय, मित्र राष्ट्र र मानवीय संस्थाको सहयोग आवश्यक रहेको अपिलमा उल्लेख गरिएको छ।
अध्यक्ष खनालले अमेरिकी सरकार र कंग्रेससँगै अमेरिकी जनता, मानवीय संस्था, परोपकारी फाउन्डेसन, धार्मिक तथा विश्वासमा आधारित संघसंस्था, व्यापारिक प्रतिष्ठान, अस्पताल तथा स्वास्थ्य संस्था, नेपाली–अमेरिकी समुदाय र नेपालका सम्पूर्ण मित्रहरूलाई पनि सहयोगका लागि आह्वान गरेका छन्।
“कृपया यो असाधारण संकटको समयमा नेपालसँग उभिनुहोस्,” अपिलमा भनिएको छ।
अमेरिकाले विश्वभर प्राकृतिक विपद्, युद्ध तथा मानवीय संकटमा परेका समुदायलाई सहयोग गर्दै आएको लामो र सम्मानित मानवीय परम्परा रहेको उल्लेख गर्दै नेपालको यो अन्धकारमय समयमा सहयोग गर्ने राष्ट्र, संस्था र व्यक्तिलाई नेपाली जनताले सधैँ सम्झिरहने जनाइएको छ।
अपिलको अन्तिम भागमा राष्ट्रपति ट्रम्पलाई सम्बोधन गर्दै भनिएको छ, “राष्ट्रपति महोदय, नेपाललाई अहिले अमेरिकाको निरन्तर मित्रता, करुणा, नेतृत्व र अझ बढी मानवीय सहयोगको आवश्यकता छ।”
विपद्मा ज्यान गुमाएका व्यक्ति, जीवित बचेका नागरिक, शोकसन्तप्त परिवार, विस्थापित समुदाय तथा अझै आफ्ना प्रियजन खोजिरहेका परिवारको तर्फबाट मानवीय आधारमा सहयोग गर्न अपिल गरिएको छ।
अपिलमा स्पष्ट शब्दमा भनिएको छ:
कृपया नेपालसँग उभिनुहोस्।
कृपया मानव जीवन बचाउन सहयोग गर्नुहोस्।
कृपया बेपत्ता व्यक्तिको खोजीमा सहयोग गर्नुहोस्।
कृपया विपद्बाट बाँचेकाहरूलाई सहयोग गर्नुहोस्।
कृपया नेपालको पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्नुहोस्।
अध्यक्ष रामप्रसाद खनालद्वारा हस्ताक्षरित उक्त अपिल अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (FIJA) का तर्फबाट वाशिङ्टन डी.सी.बाट अमेरिकी राष्ट्रपति डोनाल्ड जे. ट्रम्पलाई पठाइएको हो।
अपिलको बोधार्थ अमेरिकी प्रतिनिधिसभाका सभामुख तथा सदस्यहरू, अमेरिकी सिनेटका बहुमत र अल्पमत नेतृत्व तथा सम्पूर्ण सिनेटर, रिपब्लिकन र डेमोक्रेटिक संसदीय नेतृत्व, अमेरिकी विदेश मन्त्रालय, अमेरिकी अन्तर्राष्ट्रिय सहायता तथा सम्बन्धित मानवीय एवं विपद् प्रतिकार निकाय, नेपालस्थित अमेरिकी दूतावास, अमेरिकी मानवीय तथा परोपकारी संस्थाहरू, अमेरिकाभरका नेपाली–अमेरिकी संघसंस्था, अमेरिकी जनता तथा सञ्चारमाध्यमलाई समेत पठाइएको छ।
नेपालमा उद्धार, राहत, उपचार, बेपत्ताको खोजी र पुनःस्थापनाको चुनौती बढिरहेका बेला वाशिङ्टनबाट गरिएको यो अपिलले नेपालका लागि अमेरिकी सरकार, संसद्, मानवीय संस्था र जनस्तरबाट थप सहयोग जुटाउन तथा नेपालको गम्भीर मानवीय संकटप्रति अन्तर्राष्ट्रिय ध्यान केन्द्रित गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
AN URGENT HUMANITARIAN APPEAL TO PRESIDENT DONALD J. TRUMP AND THE UNITED STATES OF AMERICA
Washington, D.C.
September 1, 2026
The Honorable Donald J. Trump
President of the United States of America
The White House
1600 Pennsylvania Avenue NW
Washington, D.C. 20500
Subject: Respectful Appeal for Expanded U.S. Humanitarian Assistance to Nepal Following the Catastrophic Flood Disaster
Dear Mr. President:
With profound respect, I write to you at an exceptionally difficult moment for Nepal and the Nepali people from Federation of International Journalist, America – FIJA Family.
Nepal deeply appreciates the humanitarian assistance, friendship, and support already extended by the Government and people of the United States following the catastrophic floods and natural disaster that have devastated large areas of the country.
Thank you, Mr. President. Thank you, America.
The magnitude of this tragedy, however, has created an extraordinary humanitarian emergency requiring greater international assistance.
More than a thousand people have reportedly lost their lives, thousands remain missing, and countless families continue desperately searching for their loved ones. Foreign nationals, including Americans and citizens of other countries, Journalists, Mideas have also been affected by this devastating disaster.
Entire communities have been destroyed or severely damaged. Thousands of survivors have lost their homes, livelihoods, property, and access to essential services. Roads, bridges, communications systems, and other critical infrastructure have been swept away or seriously damaged. Search, rescue, relief, medical, and recovery operations continue under extremely challenging geographic and weather conditions.
At this critical hour, Nepal urgently needs stronger international humanitarian assistance, and continued American leadership can make an immediate and life-saving difference.
Mr. President, I respectfully appeal to you and your Administration to consider expanding United States humanitarian assistance to Nepal, particularly in the areas of:
- Search-and-rescue operations and specialized rescue equipment;
- Emergency medical personnel, medicines, and field medical support;
- Food, safe drinking water, sanitation, and emergency supplies;
- Temporary shelters and assistance for displaced families;
- Helicopters, transportation, and logistical support for inaccessible areas;
- Emergency communications and disaster-response equipment;
- Technical expertise in disaster management and recovery;
- Identification and support for victims and missing persons;
- Rehabilitation of damaged communities and essential infrastructure; and
- Long-term reconstruction and disaster-resilience assistance.
I also respectfully appeal to the United States Congress—including the Speaker and Members of the House of Representatives, the leadership and Members of the United States Senate, and the leadership of both the Republican and Democratic parties—to give this humanitarian emergency urgent consideration and support additional assistance for Nepal.
Nepal and the United States share a longstanding friendship built over decades of diplomatic relations, development cooperation, democratic values, mutual respect, and strong people-to-people ties. Generations of Nepalis have regarded the United States as an important friend and partner.
This appeal transcends politics, parties, governments, and national boundaries.
This is about saving human lives.
It is about parents searching for missing children, children waiting for missing parents, and families desperately hoping to find brothers, sisters, relatives, and friends.
It is about survivors who saw their homes and livelihoods disappear within moments.
It is about providing hope to people who have lost almost everything.
And it is about helping a friendly nation recover from one of the most painful humanitarian tragedies in its recent history.
I therefore also respectfully appeal to the American people, humanitarian organizations, charitable foundations, faith-based organizations, businesses, medical institutions, Nepali-American communities, and all friends of Nepal throughout the United States: Please stand with Nepal during this hour of extraordinary need.
The United States has a long and distinguished tradition of humanitarian leadership and of standing beside people facing disasters and tragedies around the world. The people of Nepal will always remember those who stood with them during this darkest and most difficult period.
Mr. President, Nepal needs America’s continued friendship, compassion, leadership, and greater humanitarian support now.
On behalf of the victims, survivors, grieving families, displaced communities, and all those who continue searching for their loved ones, I respectfully make this humanitarian appeal:
PLEASE STAND WITH NEPAL.
PLEASE HELP SAVE LIVES.
PLEASE HELP FIND THE MISSING.
PLEASE HELP THE SURVIVORS.
PLEASE HELP NEPAL RECOVER AND REBUILD.
With profound respect, appreciation, and gratitude,
Ram Prasad Khanal
President
Federation of International Journalist, America (FIJA)
Washington, D.C.
United States of America
CC:
The Speaker of the United States House of Representatives
Members of the United States House of Representatives
The Majority and Minority Leadership of the United States Senate
Members of the United States Senate
Republican Leadership of the United States Congress
Democratic Leadership of the United States Congress
The United States Department of State
The United States Agency for International Development and relevant U.S. humanitarian and disaster-response agencies
The Embassy of the United States of America in Nepal
American Humanitarian and Charitable Organizations
Nepali-American Community Organizations Across the United States
The American People
Members of the Media
*****
राष्ट्रपति डोनाल्ड जे. ट्रम्प तथा संयुक्त राज्य अमेरिकासमक्ष अत्यावश्यक मानवीय अपिल
वाशिङ्टन, डी.सी.
सेप्टेम्बर १, २०२६
सम्माननीय डोनाल्ड जे. ट्रम्प
राष्ट्रपति, संयुक्त राज्य अमेरिका
द ह्वाइट हाउस
१६०० पेन्सिलभेनिया एभिन्यु NW
वाशिङ्टन, डी.सी. २०५००
विषय: विनाशकारी बाढी विपद्पछि नेपालका लागि अमेरिकी मानवीय सहायता थप विस्तार गर्न सम्मानपूर्वक अपिल
सम्माननीय राष्ट्रपति महोदय,
अत्यन्त गहिरो सम्मानका साथ, नेपाल र नेपाली जनता असाधारण रूपमा कठिन परिस्थितिबाट गुज्रिरहेका यस संवेदनशील घडीमा म तपाईंलाई अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (Federation of International Journalist, America – FIJA) समस्त परिवारको तर्फबाट यो पत्र लेख्दैछु।
देशका विशाल भूभागलाई तहसनहस बनाएको विनाशकारी बाढी तथा प्राकृतिक विपद्पछि संयुक्त राज्य अमेरिकाको सरकार र अमेरिकी जनताले नेपालप्रति देखाउनुभएको मानवीय सहयोग, मित्रता र समर्थनका लागि नेपाल अत्यन्त कृतज्ञ छ।
धन्यवाद, राष्ट्रपति महोदय ! धन्यवाद, अमेरिका।
तर यस त्रासदीको भयावहता यति ठूलो छ कि अहिले नेपालले अझ व्यापक अन्तर्राष्ट्रिय मानवीय सहयोग आवश्यक पर्ने असाधारण आपत्कालीन अवस्थाको सामना गरिरहेको छ।
प्राप्त विवरणअनुसार एक हजारभन्दा बढी मानिसले ज्यान गुमाइसकेका छन्, हजारौँ अझै बेपत्ता छन्, र असंख्य परिवारहरू आफ्ना प्रियजनको खोजीमा निरन्तर भौतारिरहेका छन्। यस विनाशकारी विपद्बाट अमेरिकी नागरिकसहित विभिन्न देशका विदेशी नागरिकहरू, पत्रकारहरु र मिडियाहरु पनि प्रभावित भएका छन्।
कतिपय बस्ती पूर्ण रूपमा नष्ट भएका छन् भने अनेकौँ समुदाय गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। हजारौँ पीडितले घर, जीविकोपार्जनका साधन, सम्पत्ति तथा आधारभूत सेवासम्मको पहुँच गुमाएका छन्। सडक, पुल, सञ्चार प्रणाली तथा अन्य अत्यावश्यक पूर्वाधार बगाएका वा गम्भीर रूपमा क्षतिग्रस्त भएका छन्। अत्यन्त कठिन भौगोलिक अवस्था र प्रतिकूल मौसमबीच खोज, उद्धार, राहत, उपचार तथा पुनःस्थापनाका कार्यहरू जारी छन्।
यस्तो निर्णायक घडीमा नेपाललाई तत्काल थप सशक्त अन्तर्राष्ट्रिय मानवीय सहयोग आवश्यक छ, र अमेरिकाको निरन्तर नेतृत्वले तत्काल प्रभाव पार्दै धेरै मानव जीवन बचाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ।
राष्ट्रपति महोदय, म तपाईं तथा तपाईंको प्रशासनसमक्ष विशेषगरी निम्न क्षेत्रमा नेपालका लागि संयुक्त राज्य अमेरिकाको मानवीय सहायता थप विस्तार गर्न सम्मानपूर्वक अनुरोध गर्दछु:
- खोज तथा उद्धार कार्य र विशेष उद्धार उपकरण;
- आपत्कालीन चिकित्सक तथा स्वास्थ्यकर्मी, औषधि र फिल्ड मेडिकल सहयोग;
- खाद्यान्न, सुरक्षित पिउने पानी, सरसफाइ सामग्री तथा अन्य आपत्कालीन सामग्री;
- अस्थायी आश्रय तथा विस्थापित परिवारका लागि सहयोग;
- दुर्गम तथा पहुँचविहीन क्षेत्रमा हेलिकप्टर, यातायात तथा लजिस्टिक सहयोग;
- आपत्कालीन सञ्चार प्रणाली तथा विपद् प्रतिकार्य उपकरण;
- विपद् व्यवस्थापन तथा पुनःस्थापनासम्बन्धी प्राविधिक विशेषज्ञता;
- मृतक तथा बेपत्ता व्यक्तिको पहिचान, खोजी र सम्बन्धित परिवारलाई सहयोग;
- क्षतिग्रस्त समुदाय तथा अत्यावश्यक पूर्वाधारको पुनःस्थापना; तथा
- दीर्घकालीन पुनर्निर्माण र विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका लागि सहयोग।
साथै, म संयुक्त राज्य अमेरिकी कंग्रेस-प्रतिनिधि सभाका सभामुख तथा सम्पूर्ण सदस्यहरू, अमेरिकी सिनेटका बहुमत तथा अल्पमत नेतृत्व र सम्पूर्ण सदस्यहरू, साथै रिपब्लिकन तथा डेमोक्रेटिक दुवै दलका नेतृत्वसमक्ष यस मानवीय आपत्काललाई उच्च प्राथमिकताका साथ तत्काल विचार गरी नेपालका लागि थप सहायता उपलब्ध गराउन समर्थन गर्न विनम्र अपिल गर्दछु।
नेपाल र संयुक्त राज्य अमेरिकाबीच दशकौँ लामो कूटनीतिक सम्बन्ध, विकास साझेदारी, लोकतान्त्रिक मूल्य, पारस्परिक सम्मान तथा गहिरो जनस्तरीय सम्बन्धमा आधारित दीर्घकालीन मित्रता छ। नेपालीका अनेक पुस्ताले संयुक्त राज्य अमेरिकालाई महत्वपूर्ण मित्र र साझेदारका रूपमा सम्मान गर्दै आएका छन्।
यो अपिल राजनीति, राजनीतिक दल, सरकार र राष्ट्रिय सीमाभन्दा माथिको विषय हो।
यो मानव जीवन बचाउने विषय हो।
यो बेपत्ता छोराछोरी खोजिरहेका आमाबुबाको विषय हो, बेपत्ता आमाबुबाको प्रतीक्षामा रहेका बालबालिकाको विषय हो, र आफ्ना दाजुभाइ, दिदीबहिनी, आफन्त तथा मित्रजन भेटिने आशामा छटपटाइरहेका परिवारहरूको विषय हो।
यो केही क्षणमै आफ्नो घर र जीविकोपार्जनका साधन गुमेको आफ्नै आँखाले देखेका पीडितहरूको विषय हो।
यो लगभग सबैथोक गुमाइसकेका मानिसहरूलाई आशा दिने विषय हो।
र, यो मित्रराष्ट्र नेपाललाई उसको पछिल्लो इतिहासकै अत्यन्त पीडादायी मानवीय त्रासदीमध्ये एकबाट उठ्न सहयोग गर्ने विषय हो।
त्यसैले म अमेरिकी जनता, मानवीय सहायता संस्थाहरू, परोपकारी प्रतिष्ठानहरू, धार्मिक तथा आस्थामा आधारित संस्थाहरू, व्यवसायिक समुदाय, स्वास्थ्य तथा चिकित्सा संस्थाहरू, नेपाली-अमेरिकी समुदाय तथा संयुक्त राज्य अमेरिकाभर रहेका नेपालका सम्पूर्ण मित्रहरूलाई पनि सम्मानपूर्वक अपिल गर्दछु—यस असाधारण संकटको घडीमा कृपया नेपालको साथमा उभिनुहोस्।
संयुक्त राज्य अमेरिकासँग विश्वभर विपद् र त्रासदीमा परेका जनताको साथमा उभिने मानवीय नेतृत्वको लामो र गौरवशाली परम्परा छ। नेपालको यो अन्धकारपूर्ण र अत्यन्त कठिन घडीमा साथ दिने सबैलाई नेपाली जनताले सधैँ स्मरण गर्नेछन्।
राष्ट्रपति महोदय, नेपाललाई अहिले अमेरिकाको निरन्तर मित्रता, करुणा, नेतृत्व र अझ व्यापक मानवीय सहयोगको अत्यन्त आवश्यकता छ।
विपद्का मृतक, पीडित, बाँचेका नागरिक, शोकाकुल परिवार, विस्थापित समुदाय तथा अझै आफ्ना प्रियजनको खोजीमा रहेका सबैको तर्फबाट म सम्मानपूर्वक यो मानवीय अपिल गर्दछु:
कृपया नेपालको साथमा उभिनुहोस्।
कृपया मानव जीवन बचाउन सहयोग गर्नुहोस्।
कृपया बेपत्ताहरूको खोजीमा सहयोग गर्नुहोस्।
कृपया विपद्बाट बाँचेका पीडितहरूलाई सहयोग गर्नुहोस्।
कृपया नेपाललाई पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्नुहोस्।
गहिरो सम्मान, कृतज्ञता र आभारसहित,
रामप्रसाद खनाल
अध्यक्ष
अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (Federation of International Journalist, America – FIJA)
वाशिङ्टन, डी.सी. संयुक्त राज्य अमेरिका
बोधार्थ (CC):
संयुक्त राज्य अमेरिकी प्रतिनिधि सभाका सभामुख
संयुक्त राज्य अमेरिकी प्रतिनिधि सभाका सम्पूर्ण सदस्यहरू
संयुक्त राज्य अमेरिकी सिनेटका बहुमत तथा अल्पमत नेतृत्व
संयुक्त राज्य अमेरिकी सिनेटका सम्पूर्ण सदस्यहरू
संयुक्त राज्य अमेरिकी कंग्रेसका रिपब्लिकन नेतृत्व
संयुक्त राज्य अमेरिकी कंग्रेसका डेमोक्रेटिक नेतृत्व
संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालय
अमेरिकी अन्तर्राष्ट्रिय विकास निकाय तथा सम्बन्धित अमेरिकी मानवीय सहायता र विपद् प्रतिकार्य निकायहरू
नेपालस्थित संयुक्त राज्य अमेरिकी दूतावास
अमेरिकी मानवीय तथा परोपकारी संस्थाहरू
संयुक्त राज्य अमेरिकाभरका नेपाली-अमेरिकी सामुदायिक संस्थाहरू
अमेरिकी जनता
सञ्चारमाध्यमका प्रतिनिधिहरू
*****
यस अघि महासंघको बैठकले गरेका नौ निर्णय हरु यस्ता थिए :
वाशिङ्टन डी.सी., अमेरिका / ३० अगस्ट २०२६ / अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (Federation of International Journalist, America–FIJA), वाशिङ्टन डी.सी., संयुक्त राज्य अमेरिकाले नेपालमा प्रेस तथा सञ्चार क्षेत्रको अवस्था, सरकारले लोककल्याणकारी विज्ञापनमा गरेको कटौती, भोटेकोशी–त्रिशूली नदी प्रणालीमा आएको विनाशकारी बाढी, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका विषयमा गम्भीर चासो व्यक्त गर्दै नौ बुँदे निर्णय सार्वजनिक गरेको छ।
अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (Federation of International Journalist, America–FIJA) केन्द्रीय अध्यक्ष रामप्रसाद खनालको अध्यक्षतामा भिडियो कल कन्फ्रेन्समार्फत बसेको केन्द्रीय समितिको बैठकले प्रेस स्वतन्त्रता र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणदेखि बाढीपीडितको राहत तथा पुनर्स्थापनामा आर्थिक सहयोग गर्नेसम्मका निर्णय गरेको हो।
बैठकले विशेषगरी नेपाल सरकारले सञ्चारमाध्यमलाई उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन कटौती गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सञ्चार क्षेत्र आर्थिक रूपमा चुनौतीपूर्ण अवस्थामा रहेका बेला सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन कटौती गर्नु पत्रकारिता र सञ्चारमाध्यमलाई थप कमजोर बनाउने कदम भएको महासंघको निष्कर्ष छ।
FIJA ले उक्त निर्णय तत्काल फिर्ता लिएर लोककल्याणकारी विज्ञापनलाई पूर्ववत् रूपमा खुला गर्न नेपाल सरकारसँग आग्रह गरेको छ।
महासंघले देश ठूलो प्राकृतिक विपद् र राष्ट्रिय शोकको अवस्थाबाट गुज्रिरहेको बेला सरकारले सञ्चारमाध्यमलाई साथमा लिएर नागरिकसम्म सत्यतथ्य सूचना, उद्धार र राहतसम्बन्धी जानकारी तथा जनचेतना पुर्याउनुपर्नेमा उल्टै सञ्चारमाध्यम कमजोर हुने नीति लिनु उचित नभएको जनाएको छ।
बैठकले यस्तो नीति संविधान, लोकतान्त्रिक संस्कृति तथा प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको निष्कर्ष निकाल्दै सरकार प्रेसप्रति कठोर नभई सहयोगी र प्रेसमैत्री बन्नुपर्नेमा जोड दिएको छ।
प्रधानमन्त्री र सञ्चारमन्त्रीलाई ज्ञापनपत्र
प्रेस स्वतन्त्रताको सम्मान गर्न र लोककल्याणकारी विज्ञापन कटौतीको निर्णय फिर्ता लिन माग गर्दै FIJA ले प्रधानमन्त्री बालेन्द्र साह र सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई औपचारिक ज्ञापनपत्र बुझाउने निर्णयसमेत गरेको छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपालमा उपलब्ध FIJA का पदाधिकारी तथा सदस्य र महासंघको नेपाल शाखाका प्रतिनिधिहरू सहभागी हुनेछन्।
उक्त कार्यक्रमको संयोजन FIJA का उपाध्यक्ष टंक पन्तले गर्ने निर्णय बैठकले गरेको छ।
प्रेस स्वतन्त्रताबारे विशेष अन्तरक्रिया आयोजना गरिने
बैठकले स्वतन्त्र र बलियो सञ्चारमाध्यम लोकतान्त्रिक शासन प्रणालीको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै मिडिया जति बलियो हुन्छ, लोकतन्त्र, संविधानवाद, सुशासन, शान्ति र विकास पनि त्यति नै मजबुत हुने निष्कर्ष निकालेको छ।
यसै आधारमा प्रेस स्वतन्त्रता, सञ्चारमाध्यमको आर्थिक अवस्था, लोककल्याणकारी विज्ञापन तथा पत्रकारिता क्षेत्रका चुनौतीबारे दबाब र सार्वजनिक बहस सिर्जना गर्न FIJA केन्द्रीय समिति र नेपाल शाखाको संयुक्त आयोजनामा विशेष अन्तरक्रिया कार्यक्रम यथाशीघ्र आयोजना गर्ने निर्णय भएको छ।
कार्यक्रमको संयोजन तथा व्यवस्थापनका लागि उपाध्यक्षहरू टंक पन्त, केदार कोइराला र जीवराम भण्डारी, FIJA नेपाल शाखाकी अध्यक्ष कृष्णा पौडेल तथा बोर्ड अफ डाइरेक्टर **युवराज भण्डारी ‘विद्रोही’**लाई जिम्मेवारी दिइएको छ।
महासंघका सल्लाहकारहरू योगेश उपाध्याय, प्रा. पुरुषोत्तम दाहाल र डा. बालकृष्ण चापागाईंले कार्यक्रमको अवधारणा, विषयवस्तु तथा व्यवस्थापनमा आवश्यक सल्लाह र सुझाव उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ।
भोटेकोशीको विनाशकारी बाढीप्रति गहिरो दुःख
बैठकले भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गरेको छ।
महासंघले बाढीमा ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।
FIJA ले ठूलो संख्यामा नागरिक प्रभावित भएको र विभिन्न क्षेत्रमा खोजी, उद्धार तथा राहतको काम जारी रहेको अवस्थामा सम्पर्कविहीन तथा उद्धारको प्रतीक्षामा रहेका व्यक्तिको खोजीलाई अझ तीव्र र प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायले उपलब्ध सम्पूर्ण स्रोत–साधन परिचालन गर्नुपर्ने जनाएको छ।
बैठकले आम नागरिकलाई पनि राष्ट्रिय संकटको यस्तो संवेदनशील घडीमा धैर्य, संयम, एकता र मानवीय संवेदनशीलता कायम राख्न आग्रह गरेको छ।
महासंघले नागरिक समाज, सञ्चारमाध्यम, संघसंस्था र सर्वसाधारणलाई सरकार तथा सुरक्षा संयन्त्रसँग समन्वय गर्दै उद्धार, राहत र पीडितको सहयोगमा हातेमालो गर्न अपिल गरेको छ।
सेना, प्रहरी र उद्धारकर्मीको भूमिकाको प्रशंसा
विपद्को कठिन परिस्थितिमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा विभिन्न सरकारी निकायले खेलेको भूमिकाको FIJA ले प्रशंसा गरेको छ।
बैठकले जोखिमपूर्ण परिस्थितिमा नागरिकको ज्यान बचाउन र खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र स्वयंसेवकहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गरेको छ।
सँगसँगै भविष्यमा यस्ता ठूला प्राकृतिक विपद्सँग जुध्न नेपालले आफ्नो विपद् प्रतिकार्य क्षमता उल्लेख्य रूपमा बढाउनुपर्ने आवश्यकता औँल्याइएको छ।
महासंघले उद्धार तथा विपद् व्यवस्थापनका लागि आवश्यक आधुनिक उपकरण, अत्याधुनिक प्रविधि, दक्ष जनशक्ति, तालिम तथा खोजी–उद्धारसम्बन्धी स्रोत–साधन थप सुदृढ बनाउन सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेको छ।
जलवायु परिवर्तनलाई गम्भीरतापूर्वक लिन आग्रह
FIJA बैठकले विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा भौगोलिक रूपमा संवेदनशील मुलुकहरू गम्भीर प्राकृतिक विपद्को बढ्दो जोखिममा परेको निष्कर्षसमेत निकालेको छ।
हिमनदी, हिमताल, पहिरो, अचानक आउने बाढी, अतिवृष्टि तथा अन्य चरम मौसमी घटनाहरूले नेपाललाई आगामी दिनमा थप चुनौती दिन सक्ने भएकाले जलवायु परिवर्तनको प्रभावलाई सामान्य विषयका रूपमा लिन नहुने महासंघको धारणा छ।
FIJA ले जलवायु परिवर्तनको असर, जोखिम न्यूनीकरण, अनुकूलन तथा विपद् जोखिम व्यवस्थापनका विषयमा नेपाल सरकार र अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन विशेष पहल गर्ने निर्णय गरेको छ।
यस विषयमा सञ्चारकर्मी र सञ्चारमाध्यममार्फत जनचेतना विस्तार गर्ने, बहस सिर्जना गर्ने र सम्बन्धित निकायलाई जिम्मेवार बनाउन पहल गर्ने निर्णयसमेत बैठकले गरेको छ।
प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग
बैठकले मुलुक राष्ट्रिय संकटमा रहेको अवस्थामा बाढीपीडितको उद्धार, राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउनु सबैको दायित्व भएको उल्लेख गर्दै FIJA का तर्फबाट पनि आर्थिक सहयोग उपलब्ध गराउने निर्णय गरेको छ।
महासंघले बाढीपीडितहरूको राहत र पुनर्स्थापनाका लागि आवश्यक आर्थिक सहयोग प्रधानमन्त्री राहत कोषमा पठाउने निर्णय गरेको हो।
महासंघले प्राकृतिक विपद्का बेला राजनीतिक, सामाजिक तथा अन्य मतभेदभन्दा माथि उठेर पीडितहरूको उद्धार, राहत, उपचार र पुनर्स्थापनालाई राष्ट्रिय प्राथमिकता बनाउनुपर्नेमा समेत जोड दिएको छ।
को को थिए बैठकमा ?
भिडियो कल कन्फ्रेन्समार्फत सम्पन्न FIJA केन्द्रीय समितिको बैठकमा महासंघका अध्यक्ष रामप्रसाद खनाल, सल्लाहकार तथा वरिष्ठ पत्रकारहरू योगेश उपाध्याय, प्रा. पुरुषोत्तम दाहाल र डा. बालकृष्ण चापागाईं, उपाध्यक्षहरू टंक पन्त, केदार कोइराला र सतिश चापागाईं, महासचिव टंक दाहाल, बोर्ड अफ डाइरेक्टरहरू अनिल थापा र विश्वराज थापालगायत पदाधिकारी तथा सदस्यहरूको सहभागिता रहेको थियो।
बैठकपछि महासंघका अध्यक्ष रामप्रसाद खनाल र महासचिव टंक दाहालद्वारा जारी प्रेस विज्ञप्तिमा प्रेस स्वतन्त्रताको संरक्षण, सञ्चार क्षेत्रलाई राज्यको सहयोग, विपद् व्यवस्थापन क्षमताको विकास, बाढीपीडितको सहयोग तथा जलवायु परिवर्तनका जोखिमप्रति सरकार र अन्तर्राष्ट्रिय समुदायलाई थप जिम्मेवार बनाउन FIJA ले निरन्तर पहल गर्ने उल्लेख गरिएको छ।
प्रेस विज्ञप्ति
अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका ( Federation of International Journalist , America – FIJA) वाशिङ्टन डी.सी., संयुक्त राज्य अमेरिकाका बैठकका नौ वटा निर्णयहरू:
वाशिङ्टन डी.सी., अमेरिका / २९ अगस्ट २०२६
अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका ( Federation of International Journalist , America – FIJA) का केन्द्रीय अध्यक्ष रामप्रसाद खनालको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले प्रेस स्वतन्त्रता, लोककल्याणकारी विज्ञापन, नेपालमा आएको विनाशकारी बाढी, विपद् व्यवस्थापन तथा जलवायु परिवर्तनका विषयमा गम्भीर छलफल गर्दै निम्न निर्णयहरू गरेको छ :
१. नेपाल सरकारले पत्रकारिता तथा सञ्चार क्षेत्रलाई कमजोर बनाउने गरी लोककल्याणकारी विज्ञापन कटौती गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै उक्त निर्णय तत्काल फिर्ता लिन र लोककल्याणकारी विज्ञापन पूर्ववत रूपमा खुला गर्न सरकारसँग विशेष आग्रह गर्ने ।
२. देश ठूलो विपद् र राष्ट्रिय शोकको घडीमा रहेको समयमा सञ्चारमाध्यमलाई साथ लिएर अघि बढ्नुपर्नेमा उल्टै सञ्चारमाध्यमलाई कमजोर बनाउने नीति संविधान, लोकतान्त्रिक संस्कृति र प्रेस स्वतन्त्रताको मर्मविपरीत रहेको निष्कर्ष बैठकले निकालेको छ। सरकार प्रेसप्रति कठोर नभई सहयोगी र प्रेसमैत्री बन्नुपर्नेमा जोड दिने ।
३. प्रेस स्वतन्त्रताको सम्मान गर्न र लोककल्याणकारी विज्ञापनलाई खुम्च्याउने नीति फिर्ता लिन आग्रह गर्दै प्रधानमन्त्री बालेन्द्र साह र सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनालाई महासंघका तर्फबाट औपचारिक रुपमा ज्ञापनपत्र बुझाउने । नेपालमा उपलब्ध पदाधिकारी सदस्यहरु र नेपाल शाखा समेत त्यसमा सहभागी बन्ने। उक्त कार्यको संयोजन उपाध्यक्ष टंक पन्तले गर्ने।
४. मिडिया जति बलियो हुन्छ लोकतन्त्र, संविधानवाद, सुशासन, शान्ति र विकास त्यति नै मजबुत हुने निष्कर्षसहित प्रेस स्वतन्त्रता र सञ्चार क्षेत्रका सवालमा दबाब सिर्जना गर्न FIJA केन्द्रीय समिति र नेपाल शाखाको आयोजनामा यथाशीघ्र विशेष अन्तरक्रिया कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको छ। यसको संयोजन/ब्यबस्थापन यथाशीघ्र उपाध्यक्षहरु टंक पन्त, केदार कोइराला, जीबराम भण्डारी, नेपाल शाखा अध्यक्ष कृष्णा पौडेल र बोर्ड अफ डिरेक्टर युबराज भण्डारी बिद्रोहीले गर्ने । सल्लाहकारहरु योगेश उपाध्याय, प्रा पुरुषोत्तम दाहाल, डा बालकृष्ण चापागाइले वहाँहरुलाई आबस्यक सल्लाह सुझाब सहित सहयोग गर्ने ।
५. भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवनलगायतका क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै ज्यान गुमाउनेप्रति श्रद्धाञ्जलि, शोकसन्तप्त परिवारप्रति समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने ।
६. सम्पर्कविहीन तथा उद्धारको प्रतीक्षामा रहेकाहरूको खोजी र उद्धारलाई अझ प्रभावकारी बनाउन सरकार तथा सम्बन्धित निकायले सम्पूर्ण स्रोत–साधन परिचालन गर्नुपर्ने र आम नागरिकलाई यस राष्ट्रिय संकटको घडीमा धैर्य, संयम, एकता र मानवीय संवेदनशीलता कायम राख्न आग्रह गर्ने, सबैले यस कार्यमा सरकार, सुरक्षा संयन्त्रलाई साथ् र सहयोग गर्न अपिल गर्ने ।
७. संकटको घडीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, स्वास्थ्यकर्मी, उद्धारकर्मी तथा राज्यका निकायहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै भविष्यका विपद्सँग जुध्न आवश्यक आधुनिक उपकरण, प्रविधि, जनशक्ति र उद्धारसम्बन्धी स्रोत–साधन थप मजबुत बनाउन सरकारको ध्यानाकर्षण गराउने ।
८. विश्वव्यापी जलवायु परिवर्तनका कारण नेपालजस्ता हिमाली तथा भौगोलिक रूपमा संवेदनशील मुलुकहरू महाविपद्को बढ्दो जोखिममा परेको निष्कर्ष निकाल्दै जलवायु परिवर्तनको असर, न्यूनीकरण, अनुकूलन र विपद् जोखिम व्यवस्थापनका विषयमा नेपाल सरकार तथा अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन FIJA का तर्फबाट विशेष पहल गर्ने, संचारकर्मी र संचार माध्यम मार्फत ध्यानाकर्षण गर्ने ।
९. देश राष्ट्रिय संकटमा रहेको वर्तमान अवस्थामा बाढीपीडितहरूको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउन महासंघका तर्फबाट आवश्यक आर्थिक सहयोग प्रधानमन्त्री राहत कोषमा पठाउने ।
भिडियो कल कन्फ्रेन्स मार्पाहत गरिएको बैठकमा महासंघका अध्यक्ष रामप्रसाद खनाल, सल्लाहकारहरु तथा वरिष्ठ पत्रकारहरू योगेश उपाध्याय, प्रा पुरुषोत्तम दाहाल, डा. बालकृष्ण चापागाईं, उपाध्यक्षहरू टंक पन्त, केदार कोइराला, सतिश चापागाई, महासचिव टंक दाहाल, बोर्ड अफ डिरेक्टरहरु अनिल थापा, विश्वराज थापा लगायतको उपस्थिति रहेको थियो। धन्यबाद ।
रामप्रसाद खनाल, अध्यक्ष
टंक दाहाल, महासचिव
अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका ( Federation of International Journalist , America – FIJA)
वाशिङ्टन डी.सी., संयुक्त राज्य अमेरिका



