FIJA Japan Branch

जापान शााखा

१. अध्यक्ष-उत्तम प्रसाद गौडेल

२. उपाध्यक्ष- गोकर्ण अधिकारी

३. महासचिव- मुक्ती सुबेदी

४. सचिव- नारायण रिमाल

५. कोषाध्यक्ष- संगिता कुंवर

६. सदस्य- लक्ष्मण पाठक

७. सदस्य- जगत बहादुर खड्का ।

अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको जापान शाखा गठन, केन्द्रले गर्यो अनुमोदन

 

अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका ( Federation of International Journalist, America ) को विधान अनुसार जापानमा स्वतन्त्र पत्रकारिता गरिरहेका तथा विभिन्न मिडियासँग आबद्ध पत्रकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ, जापान शाखा गठन भएको छ। सात सदस्यीय कार्यसमितिको गठन प्रस्तावलाई केन्द्रले अनुमोदन गरेको छ।

कार्यसमितिका अध्यक्षका रूपमा एभिन्यूज टेलिभिजनको स्थापनाकालदेखि नै कार्यक्रम प्रस्तोताका रूपमा सक्रिय रहँदै हाल जापान ब्यूरो प्रमुख तथा Exclusive News Time अनलाइनका प्रधान सम्पादक उत्तम प्रसाद गौंडेललाई चयन गरिएको छ।

उपाध्यक्षमा जापान समाचारडटकम का प्रधान सम्पादक गोकर्ण अधिकारी, महासचिवमा राज्य टेलिभिजनका जापान प्रतिनिधि मुक्ती सुबेदी, सचिवमा नागरिक अनलाइनका जापान प्रतिनिधि नारायण रिमाल, र कोषाध्यक्षमा Exclusive News Time अनलाइनका कार्यक्रम संयोजक संगिता कुँवर चयन भएका छन्।

यसैगरी, सदस्यहरूमा जापान समाचारडटकमका कार्यकारी सम्पादक जगत बहादुर खड्का र हेर्ने कुराका लक्ष्मण पाठक चयन भएका छन्।

कार्यसमितिका पदाधिकारीहरू:
१. अध्यक्ष – उत्तम प्रसाद गौंडेल
२. उपाध्यक्ष – गोकर्ण अधिकारी
३. महासचिव – मुक्ती सुबेदी
४. सचिव – नारायण रिमाल
५. कोषाध्यक्ष – संगिता कुँवर
६. सदस्य – लक्ष्मण पाठक
७. सदस्य – जगत बहादुर खड्का

जापान शाखालाई केन्द्रसँग समन्वय गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको नीति, नियम र विधानअनुसार कार्य गर्न अनुमति दिइएको छ। अध्यक्ष उत्तम प्रसाद गौंडेलसहित सम्पूर्ण कार्यसमिति परिवारलाई हार्दिक बधाई !

हस्ताक्षर :
टंक दाहाल – महासचिब

टोकियो । अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिका (Federation of International Journalist, America) को विधान अनुसार जापानमा स्वतन्त्र पत्रकारिता गरिरहेका तथा विभिन्न मिडियासँग आबद्ध पत्रकारहरूको सहभागितामा अन्तर्राष्ट्रिय पत्रकार महासंघ, जापान शाखा गठन भएको छ ।

एभिन्यूज टेलिभिजनका संस्थापक पत्रकार तथा कार्यक्रम निर्माता एवं प्रस्तोता र हाल एक्स्क्लुसिभ न्यूज टाइम जापानका प्रकाशक तथा सम्पादक उत्तम गौडेलको अध्यक्षतामा गठित सात सदस्यीय कार्यसमितिको गठन प्रस्तावलाई केन्द्रले अनुमोदन गरेको छ ।

त्यस्तै उपाध्यक्षमा जापान समाचारडटकम का प्रधान सम्पादक गोकर्ण अधिकारी, महासचिवमा राज्य टेलिभिजनका जापान प्रतिनिधि मुक्ती सुबेदी, सचिवमा नागरिक अनलाइनका जापान प्रतिनिधि नारायण रिमाल, र कोषाध्यक्षमा एक्स्क्लुसिभ न्यूज टाइम अनलाइनका कार्यक्रम संयोजक संगिता कुँवर चयन भएका छन् ।

यसैगरी, सदस्यहरूमा जापान समाचारडटकमका कार्यकारी सम्पादक जगत बहादुर खड्का र हेर्निकुराका लक्ष्मण पाठक चयन भएका छन् ।

जापान शाखालाई केन्द्रसँग समन्वय गर्दै अन्तर्राष्ट्रिय पत्रकार महासंघ, अमेरिकाको नीति, नियम र विधानअनुसार कार्य गर्न अनुमति दिइएको छ ।

अध्यक्ष गौडेलको प्रतिवद्धताः
आफूलाई प्राप्त नयाँ जिम्मेवारीका लागि अध्यक्ष उत्तम गौडेलले धन्यवाद ज्ञापन गरेका छन् । बदलिदो विश्व परिवेशमा पत्रकारिताका आयाम र चुनौति पनि फेरिदै गएकोले स्वदेश र प्रवासमा पत्रकारितालाई थप जनमुखी र विश्वसनिय बनाउन आफूले सकेको योगदान गर्ने प्रतिवद्धता जनाएका छन् ।

संस्थाको घोषित कार्यलक्ष्य र विधान अनुसार आफू नेतृत्वको सम्पूर्ण कार्यसमितिले निष्ठा र ईमानदारिताका साथ काम गर्ने पनि उनले बताए । एक्स्क्लुसिभ न्यूज टाइम अनलाइन परिवारले आफ्ना संस्थापक अध्यक्ष, प्रकाशक तथा सम्पादक गौडेलको नयाँ जिम्मेवारीका लागि हार्दिक बधाई ज्ञापन गर्दै सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।